site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पशुपति आर्यघाट र स्वयम्भूघाटमा दाउराको मूल्य समान गर्न सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पशुपति आर्यघाट र स्वयम्भूघाटमा दाउराको मूल्य समान गर्न माग गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले मूल्य तोक्ने विषयमा विभेद गरेको आरोप लगाइन् । 

पशुपतिमा लास जलाउन करिब चार हजार ८०० र स्वयम्भूमा भने १० हजार लाग्ने गरेको सुनाइन् । “सरकारले यो विभेद किन गरिरहेको छ ? स्वयम्भूघाट र पशुपति आर्यघाटमा जलाउने लासको दाउराको मूल्य समान होस् भनि सरकारसँग जोडदार माग गर्दछु,” उनले भनिन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro