site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले माग्यो सार्वजनिक लेखा समितिको नेतृत्व 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा माओवादी सांसद माधव सापकोटाले संसदीय मूल्य–मान्यतामा सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलबाट हुने उल्लेख गरे ।

नैतिकता र पारदर्शीता भए लेखा समितिको नेतृत्व प्रतिपक्ष दललाई दिन उनले आग्रह गरे । “संसदीय मूल्य–मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलमा हुन्छ । नैतिक हो । यो सरकार, यसले पारदर्शी काम गर्छ भने सभापति तत्काल प्रतिपक्षलाई दिओस्,” उनले भने, “अहिलेको सार्वजनिक लेखा समिति सभापतिले रहस्यमय घटना घटाइरहनुभएको छ, यसका लागि सभामुखबाट रुलिङ चाहन्छु ।”

प्रतिनिधिसभाको शून्य समयमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि उक्त समितिको नेतृत्व प्रमुख प्रतिपक्ष दललाई दिन सरकारको ध्यानाकर्षण गराए ।

हाल सार्वजनिक लेखा समितिको सभापति नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेल छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro