site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मिलन संग्रौलाको उपन्यास ‘बावऋ’ लोकार्पित

काठमाडौं । मिलन संग्रौलाको दोस्रो उपन्यास ‘बावऋ’ सार्वजनिक भएको छ । काठमाडौंमा सम्पन्न किताब जात्रामा लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले उपन्यास लोकार्पण गरे ।
   
कार्यक्रममा ‘बावऋ’माथि अन्तरसंवादसमेत गरियो । बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथामात्र नभई बाबु–छोराको सम्बन्ध, द्वन्द्वकालीन समयको भोगाइ, होस्टेल जीवन, गीत र खेल अनि सपना आदिको प्रस्तुति ‘बावऋ’ रहेको लेखक सगुना शाहले बताइन् । उनले उपन्यासको प्रशंसा गर्दै भाषाशैली आकर्षक रहेकोले कृतिले पाठकलाई बाँधेर राखिरहने बताइन् । 

उपन्यास आदर्श प्रेमको कथ्यमा आधारित रहे पनि यसले समाजका धेरै तहलाई उधिनेको अर्का वक्ता एवम् लेखक प्रवीण खतिवडाको भनाइ छ । उपन्यासको कथ्य शैली आफूलाई मन परेको खतिवडाले सुनाए । 

आफूले साढे पाँच वर्ष उपन्यासका कथा र पात्रहरूसँगै बाँचेर ‘बावऋ’ लेखन पूरा गरेको उपन्यासकार मिलनले बताए । 

कथासङ्ग्रह ‘च्याट गर्ल’ र उपन्यास ‘पर्पला’ लेखिसकेका संग्रौलाको ‘बावऋ’ तेस्रो कृति हो । फाइनप्रिन्टले प्रकाशन गरेको यस उपन्यासको मूल्य ५६० रुपैयाँ रहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro