site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निर्मला पन्तको कथा भन्ने चलचित्र ‘देवी’को टिजरको संकेत 

काठमाडौं । चलचित्र ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्रले केही वर्षअघि सुदूरपश्चिममा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित कथा भन्ने संकेत गरेको छ । 

टिजरमा रहेको संवादले चलचित्रले निर्मलाको कथा भन्ने संकेत गरेको हो । टिजरमा समाजमा घट्ने बलात्कारजस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा देखाइएको छ । 

भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको टिजरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ । 

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई सञ्जोग राईले निर्देशन गरेका छन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमले लेखेका हुन् ।

चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्कालगायतको अभिनय छ । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro