site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारमा जाने तयारी छैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा पार्टीको जिल्ला अध्यक्षहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने भन्दै तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताए । सरकारमा जाने विषय व्यक्तिगत चाहनाले मात्रै निर्णय हुन नसक्ने उनको भनाइ थियो । 

संसद्को गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा वा नरहँदा के फरक रहन्छ भन्ने विश्लेषण पार्टीले गर्ने लिङ्देनले उल्लेख गरे । यसअघि केही समय सरकारमा रहँदा केही महत्त्वपूर्ण काम गर्न सफल भएको दाबी गरे ।

त्यस्तै, अध्यक्ष लिङ्देनले पार्टीले उठाएका एजेन्डालाई प्रभावित हुने कुनै पनि काम नेतृत्वबाट नहुने भन्दै यसअघि भएका गल्ती कमजोरीलाई सुधार गरेर अघि बढ्ने स्पष्ट पारे । संविधानको आधारभूत कुराहरूमा नै पार्टीको फरक मत रहेकाले संविधान संशोधनको पक्षमा आफूहरू रहेको जिकिर गरे ।

साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छ । बैठकमा जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro