site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन बैठक जारी

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको आजको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकायका पदाधिकारी छलफलमा जुटेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री समेत रहेका रमेश लेखक, नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन् ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको सहभागिता छ ।

बैठकमा पूर्वकानुनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरधी जीवनप्रसाद दाहाललगायत अधिकारी पनि सहभागी छन् । विधयेकमा सहमति जुटाउन बाँकी बुँदामा बैठकमा छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro