site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समितिमा रहेका विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउन सभामुखको आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकको अवस्थाबारे चासो देखाएका छन् ।

संसद् बिजनेसविहीन भएपछि सभामुख घिमिरेले विभिन्न समितिका सभापतिहरूसँग छलफल गर्दै समितिमा विचाराधीन विधेयकहरूको अवस्थाबारे चासो देखाएका हुन् ।

बुधबार भएको छलफलमा उनले विचाराधीन विधेयकहरूलाई चाँडो टुंगोमा पुर्‍याउन आग्रह गरेका छन् । छलफलपछि उद्योग समितिका सभापति अब्दुल खानले समितिमा रहेका विधेयकको अवस्थाबारे सभामुखले जिज्ञासा राखेको जानकारी दिए ।

उनका अनुसार समितिमा रहेका समस्याबारे पनि सभामुखले जानकारी लिएका छन् । छलफलमा समिति सञ्चालनमा देखिएका समस्या, आर्थिक समस्या लगायतका विषयमा चर्चा भएको खानले बताए ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro