site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय सुनुवाइ समितिले प्रधानलाई गर्‍यो अस्वीकृत 
फाइल तस्बिर ।

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगमा प्रस्तावित आयुक्त कृष्णमान प्रधानलाई अस्वीकृत गरेको छ । 

सोमबार साँझ संघीय संसद् भवन वानेश्वरमा बसेको समितिको बैठकले उनलाई सर्वसम्मतले अस्वीकृत गरेको हो । सोसम्बन्धी जानकारी नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले दिइन् ।

यसअघि आज नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । 

प्रस्तावित व्यक्तिले नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उमेदवारी कायम राख्न नचाहेकाले अस्वीकृत गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जबराले जानकारी दिए । 

यसअघि समितिमा प्रधानविरुद्ध एक महिलाले जागिर लगाइदिने प्रलोभन देखाएर पटक पटक यौन शोषण गरेको भन्दै समितिमा उजुरी दिएकी थिइन् । सोही उजुरीउपर सांसदहरूले प्रधानमाथि नैतिकताको प्रश्न उठाएका थिए । 

संवैधानिक परिषद्ले असार ५ गते निर्वाचन आयुक्तमा प्रधानको नाम सिफारिस गरी सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro