site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाल साहित्यको उर्वर भूमि : प्रधानमन्त्री ओली
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताएका छन् । शनिबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले वनजंगल, घाँसपात, पानीपँधेरा, रोधीहरू नेपालका महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे । नेपालमा मात्र यस्ता संस्कृति र संस्कार रहेको भन्दै उनले यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

उनले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताए । युगकवि सिद्धिचरण श्रेष्ठलगायत युगान्तकारी व्यक्तिहरूले नेपालमा जन्म लिएर नेपाली साहित्यलाई धेरै माथि लगेको उनले स्मरण गरे ।

नेपालको साहित्य अगाडि बढ्न खोजेको तर कुन बाटो लिने र कसरी भन्ने बहस चलिरहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro