site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
माधव नेपालले गरे ‘नमेटिने घाउ’को डबिङ, केपी ओलीले गर्दै 

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्टुडियोमा पुगेर उनले चलचित्रमा आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । 

अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अभिनय गरेका छन् । केही दिनमा उनले पनि डबिङ गर्ने निर्माणपक्षले जनाएको छ ।  

‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्र हो । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको छ । 

चलचित्रमा शिवम् अधिकारीको कथा छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro