site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सौर्य जहाज दुर्घटना : जाँचबुझ गर्न आयोग गठन

काठमाडौं । सरकारले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको हो । 

सदस्यहरूमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी, नागरिक उड्डयन प्राधिकरणका एअर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन् ।

आयोगलाई ४५ दिनको समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुुब्बा गुरुङले जानकारी दिए । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । उद्धार गरिएका विमानका पाइलट मनीशरत्न शाक्यको भने केएमसी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro