site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समाजमा दानको निकै महत्त्व छ, कसैले मृगौला दिएकै कारण म जीवित छु : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध दर्शन, बुद्धका उपदेश र शिक्षालाई कमजोर हुन नदिने बताएका छन् ।

बुधबार काठमाडौंमा डा. अजय क्रान्ति शाक्यको बुद्धका मौलिक दर्शन, कृतिको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विश्वबाट 'बुद्धिज्म' कहिल्यै नमर्ने पनि बताए ।

उनले लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दा हावाहुरीले त्यसलाई नराम्ररी प्रभावित गरेकाले आफू यसअघि प्रधानमन्त्री हुँदा लुम्बिनीमा ठूलो सभाहल बनाउने निर्णय गरेको र अहिले सम्पन्न पनि भएको बताए ।

बुद्ध दर्शन मास्न इतिहासमा धेरै अराजक काम भएको बताउँदै उनले यसबाट पनि जोगिएर आएकाले संरक्षणमा लाग्नुपर्ने बताए ।

उनले समाजमा दानको निकै महत्त्व भएको भन्दै कसैले मृगौला दान गरेर नै आफू अहिलेसम्म जीवित रहेको जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro