site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताको अधिकार कटौती गरेर विकास हुँदैन : शक्ति बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले जनताको अधिकार कटौती गरेर देशमा स्थिरता र विकास नहुने बताएका छन् । 

मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अहिले अनावश्यक रूपमा संविधान संशोधनका कुरा निकालिएको बताए । 

“वर्तमान सरकारको जनविरोधी, परिवर्तन विरोधी, शान्ति विरोधी हर्कतको खबरदारी गर्ने र संविधानको कार्यान्वयनका लागि उचित वातावरण बनाउने जिम्मेवारी माओवादीको काँधमा आएको छ,” उनले भने । अहिलेको सत्ता गठबन्धनलाई बाहिरबाट नियाल्ने भन्दै सरकारमा जाने कुरा माओवादीको प्राथमिकताको विषय नरहेको उल्लेख गरे ।

परिवर्तन विरोधीको खबरदारी गर्दै पार्टीलाई जनतासमक्ष जोडेर अघि बढ्ने उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro