site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुईचारजना मिलेर नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति हुँदैन : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबराम भट्टराईले पुराना विचारलाई सम्मान गर्दै नयाँका आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले मुलुकको परिवर्तनमा पुराना विचारको योगदान रहेको उल्लेख गरे । त्यसलाई सम्मान गर्दै अब नयाँ विचारका आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका हुन् ।

उनले दुईचारजना मिलेर नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति नहुने टिप्पणी गरे । नयाँ र सही विचारका आधारमा वैकल्पिक शक्तिलाई परिभाषित गर्नुपर्ने उनले बताए । सही विचार र नीति लिन नसके नयाँ भनिएका शक्ति विस्तारै हराउँदै जाने उनको भनाइ छ ।

भट्टराईले सुगौली सन्धिदेखि खुला सिमानामा कारण अर्थतन्त्रमा भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । असमान सन्धिलाई नसच्याएसम्म नेपालको विकास नहुने उनले उल्लेख गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro