site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेसँगको सहमतिमा कांग्रेसबाट तलमाथि हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)सँगको सहमतिलाई आफूहरूले इमानदारी साथ कार्यान्वयन गर्ने बताएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार निर्माणका क्रममा एमालेसँग गरिएको सहमतिमा कांग्रेसका तर्फबाट तलमाथि नहुने स्पष्ट पारे । उनले अबका दुई वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै सरकारले निरन्तरता पाउने जिकिर गरे ।

एकले अर्कालाई ढाँट्ने, झुक्याउने र धोका दिने परिपाटी यसअघि देखिएकाले मुलुकलाई स्थिरता दिन ठूला दलहरू एक ठाउँमा आउनुपरेको उनले बताए । वर्तमान सरकार शंका र संशयबाट मुक्त हुनुपर्नेमा उनले जोड दिए ।

उनले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन अवसर प्राप्त भएकाले यसमा गम्भीर भएर अघि बढ्नुपर्ने उल्लेख गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro