site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एमजी मोटर्सले सार्वजनिक गर्‍यो ‘साइबर जीटीएस’ ईभी, नेपालमा कहिले आउला ?

काठमाडौं । एमजी मोटर्सले आफ्नो एक सय वर्षको वार्षिकोत्सवको अवसरमा गुडवुड स्पिड फेस्टिवलमा नयाँ मोडलको गाडी एमजी साइबर जीटीएस सार्वजनिक गरेको छ । कम्पनीले यो विशेष कारले विद्युतीय सवारी (ईभी)का क्षेत्रमा आफ्नो इन्नोभेसनको लगावलाई झल्काएको बताएको छ ।

एमजीको साइबर जीटीएस ‘कन्सेप्ट’ले भविष्यको साइबरस्टर रोडस्टर गाडीको प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ । आर्कषक र फरक डिजाइन भएको यो गाडीले ईभीप्रति आममानिसको अपेक्षालाई परिस्कृत गर्ने एमजीको दाबी छ ।

mg-gts-main-photo-1721304500.jpg
 

एमजी मोटर्स बेलायत (यूके)का प्रवक्ताले साइबर जीटीएस कन्सेप्टले विद्युतीय गाडीको युगलाई फरक तरिकाले परिभाषित गर्न खोजेको बताएका छन् । यो गाडी दिगो प्रविधि र उत्कृष्ट उत्पादनप्रति कम्पनीको लगावको नतिजा भएको उनको भनाइ छ ।

कम्पनीले सन् २०२५ को सुरुवातमै गाडीलाई बजारमा सार्वजनिक गर्ने जनाएको छ । एमजी नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यो मोडललाई चाँडै नेपाल भित्र्याउने बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro