site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीसँगको पहिलो प्रश्नोत्तर साउन ७ मा
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रश्नोत्तर कार्यक्रम तय भएको छ । प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो । 

नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आउँदो साउन ७ गते प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी दिए । 

उनले उक्त कार्यक्रममा समूह ६ मा रहेका सांसदले प्रश्न सोध्न सक्ने जानकारी पनि दिए । यो सँगै सोमबारको प्रतिनिधिसभाको दोस्रो बैठक सम्पन्न भयो । अर्को बैठक साउन ६ गते बस्ने सभामुख घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro