site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मोदीलाई प्रधानमन्त्री ओलीले भने– मिलेर काम गर्न प्रतिबद्ध छु 

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफू मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

सोमबार भारतीय समकक्षीले दिएको बधाई सन्देशको जवाफ दिँदै ओलीले नेपाल–भारत सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् । “धन्यवाद, प्रधानमन्त्री नरेन्द्र मोदी, तपाईंको न्यानो बधाईको लागि । पारस्परिक हितका लागि नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न प्रतिबद्ध छु,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा नेपाल–भारत ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइ दिन सकिने उनले जनाएका छन् । 

सोमबार बिहान भारतका प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका थिए । मोदीले आगामी दिनमा पारस्परिक सहयोगलाई विस्तार गर्न अझ नजिक रहेका काम गर्न तत्पर रहेको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro