site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाई, भने– अझ नजिकबाट काम गर्न तत्पर छौँ 

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । 

मोदीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत ओलीलाई नेपालको नयाँ प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन् । “केपी शर्मा ओली नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई,” मोदीले लेखेका छन् ।

सामाजिक सञ्जाल एक्समा मोदीले आगामी दिनमा पारस्परिक सहयोगलाई विस्तार गर्न अझ नजिक रहेका काम गर्न तत्पर रहेको बताएका छन् ।

“दुई देशबीचको गहिरो र प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन र जनताको प्रगति तथा समृद्धिको लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिक रहेर काम गर्न तत्पर छौँ,” मोदीले भनेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro