site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

यसअघि संविधानको कुन धारामा सरकार गठन गर्ने भनेर राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग राय माग गरेका थिए । त्यसको केही समयपश्चात् उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । तर, उनले विश्वासको मत भने पाउन सकेका थिएनन् । उनको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो ।

असार १७ को मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति भएको थियो । संविधान संशोधनसहितको एजेन्डा राखेर दुई दल सरकार बनाउन सहमत भएका थिए । उक्त सहमतिपश्चात् एमालेले प्रचण्ड नेतृत्वको सरकार छाडेको थियो । सोहीकारण प्रचण्डले विश्वासको मत लिँदा पुर्‍याउन सफल हुन सकेनन् । विश्वासको मत पुर्‍याउन असफल भएपछि प्रचण्ड सरकार ढलेको छ । राष्ट्रपति पौडेलले नयाँ सरकारको आह्वान गरेका हुन् ।

449364857_844908460468565_4020345635890396420_n-1720796421.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro