site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशसभाको अवरोध हट्यो
फाइल तस्बिर ।

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको भनिएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिबद्धता जनाएछि मधेस प्रदेशसभा बैठकको अवरोध हटेको छ ।

आज बसेको प्रदेशसभा बैठकको सुरुमै जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक राम आशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरू उठेर प्रदेशसभा बैठक अवरोध गरेका थिए ।

सभामुख रामचन्द्र मण्डलले यस विषयमा यसअघि पनि चार/पाँच पटक छलफल भइसकेको र निकास ननिस्केको बताउँदै समय अभावका कारण सदन अघि बढाउन खोजे । पुनः जसपा प्रमुख सचेतक यादवले कम्तीमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि सभामुख मण्डलले मुख्यमन्त्री सिंहलाई धारणा राख्न समय दिए ।

मुख्यमन्त्री सिंहले आफ्नो धारणा राख्दै बजेटमा कमजोरी भए उच्चस्तरीय छानबिन समिति गठन गर्ने र निर्वाचन क्षेत्रमा रहेको असन्तुलित बजेटको गुनासोलाई मध्यनजर गर्दै सन्तुलित गर्ने प्रतिबद्धता जनाए ।

“मैले सुरुदेखि नै बजेटमा कहीँकतै गडबड छ भने उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषी भेटिएकालाई कारबाही गर्छु भन्दै आएको छु । मैले कहिल्यै पनि छानबिन गर्दिन भनेको छैन,” मुख्यमन्त्री सिंहले भने ।

उनको प्रतिबद्धतासँगै मधेस प्रदेशसभाको अवरोध हटेको छ ।

अब प्रदेशसभामा आगामी आर्थिक वर्षको आयव्यय र राजस्व अनुमानमाथि छलफल हुने कार्यसूची छ । रासस

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro