site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछाने क्लबबाट थुत्छौँ, रास्वपा हामी बनाउँछौँ : मुकुल ढकाल 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित गरेका महामन्त्री डा. मुकुल ढकालले आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको दाबी गरेका छन् ।

ढकालले बुधबार गरेको पत्रकार सम्मेलनमा नेपालको संविधान, कानुन र रास्वपाको विधानअनुसार आफूमाथि कारबाहीको प्रक्रिया नै पूरा नभएको भन्दै वैधानिक रूपमा अहिले पनि रास्वपाको महामन्त्री आफू नै रहेको बताए । 

उनले रास्वपाको प्रतिनिधित्व रवि लामिछाने क्लबले नगर्ने भन्दै त्यसबाट पार्टीलाई थुत्ने दाबी गरे । उनले रास्वपा विधि र पद्धतिअनुसार चल्नका लागि गठन भएको पार्टी भएको भन्दै उनीहरूको नेतृत्वमा रहन नसक्ने बताए । उनले एउटा पार्टी सदस्यलाई कारबाही गर्ने विधिसमेत नजानेकाहरूले विधिको कुरा गर्नु उचित नहुने तर्क गरे । 

आफूलाई सात दिनको म्याद दिएर स्पष्टीकरण सोधेकोमा पाँचौँ दिन नै कारबाही गरेको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro