site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली जीवन र राजनीतिको उत्तरार्धमा हुनुहुन्छ, अब राम्रो काम गर्नुपर्छ : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री भएर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति नरहेको बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिले ओलीलाई दुईवटा अवसर प्राप्त भएको र अब देश र जनताले प्राप्त गर्नेगरी काम गर्नुपर्ने बताए ।

"केपी ओलीज्यूलाई दुईवटा अवसर प्राप्त भएको छ । दुई तिहाइको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन," पौडेलले भने ।

ओली जीवन र राजनीतिको उत्तरार्धमा रहेका देश र जनताका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

"उहाँ जीवनको र राजनीतिको पनि उत्तरार्धमा हुनुहुन्छ । परिस्थितिले उहाँलाई फेरि नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । झन्डै दुई तिहाइले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस्," उनले भने ।

सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथ्या सावित गर्नेगरी काम गर्न आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro