site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बेचन झा प्रकाउ परेपछि राजनीतिक चलखेल भयो : प्रमुख सचेतक परियार 
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बेचन झालाई पक्राउ गरेपछि ठूलो राजनीतिक दाउपेच भएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि सरकार ढलेको उनको भनाइ छ । “नक्कली भुटानी शरणार्थी  प्रकरणमा नाम जोडिए पनि एक वर्षअघि अदालतमा पेस गरिएको अभियोगपत्रमा प्रतिवादी नबनाइएको झालाई जब सरकारले नियन्त्रणमा लियो त्यसपश्चात् राजनीतिक बेचैनी सुरु भयो । त्यसबेला सरकारले अभियोजनपत्रमा समेत नाम नराखेको झालाई जब सरकारले समात्यो राजनीतिक चलखेल सुरु भयो,” उनले भने । 

प्रमुख सचेतक परियारले सुशासन र भ्रष्टाचारविरुद्ध लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर राजनीतिक चलखेल गरेको आरोप लगाए । अविलम्ब झाको फाइल अघि बढाउन सरकारसँग अनुरोध गरे । साथै उनले आगामी सरकारलाई पनि बेचन झाले चैन नदिने उनको भनाइ थियो ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro