site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपहिरो, डुबानसहित प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरेको छ ।

रास्वपाले आज विज्ञप्ति जारी गर्दै प्रकोप प्रभावित स्थानमा सरकारी संयन्त्रको तत्काल पहलकदमी लिन सरकारी निकायको ध्यानाकर्षण गराएको हो ।

“नेपाल सरकार, गृह प्रशासनले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरेको पूर्वतयारी एवं पहल सराहनीय छ । तर, सबै प्रकोप प्रभावित स्थानमा सरकारी संयन्त्रको पहलकदमी अभाव हुन सक्नेतर्फ सचेत रहन सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro