site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ओपनएआईको आन्तरिक डेटा चोरी भएको खुलासा

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईको आन्तरिक विवरण (डेटा) चोरी भएको खुलेको छ ।

गत वर्ष सन् २०२३ मा एक ह्याकरले ओपनएआईको आन्तरिक म्यासेजिङ प्रणालीमा पहुँच बनाएर आन्तरिक विवरण चोरी गरेको न्युर्योक टाइम्सलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

ओपनएआईको पछिल्लो प्रविधिबारे कुरा गर्ने फोरमको सबै विवरण ह्याकरले प्राप्त गरेको बताइएको छ ।

ह्याकरले ओपनएआईको च्याटबट च्याटजीपीटीमा प्रयोग गरिएको सिस्टममा भने पहुँच पाएको थिएन ।

माइक्रोसफ्टको लगानी रहेको ओपनएआईले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

गत अप्रिलमा कम्पनीका कार्यकारीले कर्मचारीहरूलाई यस विषयको जानकारी गराएका थिए । तर, ग्राहक र पार्टनरको विवरण चोरी नभएपछि यो विषय उनीहरूले सार्वजनिक गरेका थिएनन् ।

यो ह्याकिङ विदेशी नभएर देशभित्रकै व्यक्तिबाट भएको कम्पनीको विश्वास छ । देशका लागि खतरा नठानेपछि ओपनएआईले यसबारे कानुनी प्रक्रियासमेत नचालेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro