site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो
फाइल तस्बिर ।

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ । शुक्रबार (भोलि) बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बैठक बस्नेछ । बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई छलफलका निम्ति बोलाइएको उनले बताइन् । 

समितिले अनुसन्धान गरिरहेको सहकारीको अवस्थाबारे उनीहरूसँग जानकारी लिइने उनले बताइन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro