site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महामन्त्री ढकाल बैठक छाडेर हिँडेपछि रास्वपा बैठक केहीबेरका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएको छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि केहीबेरका लागि बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार उनी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ नदिएर निस्किएका छन् ।

महामन्त्री ढकालले आफू अन्यायमा परेको, सही तरिकाले पार्टी सञ्चालन नभएको, सभापति रवि लामिछानेको प्रवृत्ति ठिक नभएकोसहितका विषय उठाएका छन् ।

उनले देश दौडाह गरेर तयार पारेको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गरिएको छ । प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले धारणा रोखपछि पार्टी उपसभापति डीपी अर्यालले उठेका प्रश्नको जवाफ दिन अनुरोध गरेका थिए ।

“त्यसपछि उहाँले मिडियामा लिक भएको ६ पृष्ठको प्रतिवेदनको सार अघि सार्नुभयो र कविन्द्रजीलाई पढ्न भन्नुभयो । तर, प्रिपेड कुरा नसुन्ने भनेर सबैले भनेपछि बैठकमा तनाव सिर्जना भयो,” ती नेताले भने, “उहाँले मेरो कुरा यही हो । मेरा लागि बैठक सकियो भनेर छाडेर हिँड्नुभयो । हामीले उहाँलाई पर्खेर बैठक केहीबेर स्थगन गरेका हौँ ।”

रास्वपाको बैठक बुधबार बिहानबाट बसिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro