site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाले एमालेसँगको सहकार्यबारे मुखै खोलेनन्, महामन्त्रीलाई समेत छैन जानकारी !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणबारे पार्टीमा कुनै जानकारी नगराएको खुलेको छ ।

सोमबार अपराह्न देउवाले आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए । बैठकमा नेताहरूले नयाँ सत्ता समीकरणबारे प्रश्न गरेका थिए ।

तर, जवाफमा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चिया पिउन बोलाएको मात्र बताएको एक पदाधिकारीले जानकारी दिए ।

"कांग्रेस–एमालेको सरकार बन्ने कुरा के हो ? भनेर सबै जनाले सोध्यौँ । उहाँले ओलीले बोलाउनुभयो । चिया खायौँ । बीआरआईबारे कुरा भयो मात्रै भन्नुभयो । नयाँ सत्ता समीकरणबारे केही बोल्दै बोल्नुभएन," ती पदाधिकारीले भने ।

नयाँ सत्ता समीकरणका लागि देउवाले रमेश लेखकलाई खटाएजस्तो देखिएको ती पदाधिकारी बताउँछन् ।

"यो सत्ता समीकरणको तयारीबारे उपसभापति, महामन्त्री कसैलाई जानकारी छैन । देउवाले रमेश लेखकलाई खटाएजस्तो देखिन्छ," ती पदाधिकारीले भने ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro