site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधानलाई अझै समृद्ध बनाउन जरुरी : अध्यक्ष राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले संविधानलाई अझै समृद्ध बनाउन जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले संविधानलाई अझै खारेर पहिचानयुक्त, सुदृढ र सफल बनाउन आवश्यक रहेकामा जोड दिए । धेरै मिहिनेत, त्याग, तपस्या र हजारौँ सहिदको बलिदानबाट वर्तमान व्यवस्था आएको भन्दै उनले यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

लोकतन्त्रलाई अझै सफल बनाएर समाजवादतर्फ लम्किनुपर्ने उनले उल्लेख गरे । सहिदको बलिदानबाट प्राप्त व्यवस्थालाई कुनै चोट लाग्न दिन नहुने उनले बताए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro