site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालको राजनीतिक अवस्था जटिल मोडमा : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताएकी छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन उद्घाटनका उनले यस्तो बताएकी हुन् ।

उनले देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्‍याउन राजनीतिक दलले नै भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् । एकीकृत समाजवादीले यो दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ थियो ।

अध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरता, आर्थिक असमानता, सामाजिक विभाजनले देशको विकास प्रक्रियामा अवरोध पुर्‍याइरहेको बताइन् ।

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटनमा रञ्जीता श्रेष्ठको भनाइ पढ्नोस्–
दलहरूले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरूको आवश्यकता र आकांक्षालाई पूरा गर्दै देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्‍याउन सक्नुपर्छ । नेकपा (एकीकृत समाजवादी) पार्टीले यस दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । हामीले पनि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नागरिकको अधिकार र न्यायको लागि समान प्रतिबद्धता राखेका छौँ । देशमा तमाम राजनीतिक दलहरूले राष्ट्रको विकास र समृद्धिका लागि आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान दिएका छन् । यद्यपि, दुःखका साथ भन्नुपर्छ– नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro