site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सुनील बने ‘कमेडी च्याम्पियन सिजन–३’को विजेता

काठमाडौं । स्ट्यान्डअप कमेडी शो ‘कमेडी च्याम्पियन सिजन–३’को विजेता सुनील खड्का बनेका छन् । आज साँझ भएको ग्रान्ड फिनालेमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंका सुनील विजेता बनेका हुन् । 

फाइनलमा सुनीलसँगै नवलपुरकी सुयशा खनाल र सुनसरीका ऋषभ काफ्ले पुगेका थिए ।  

विजेता सुनीलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् ।

ऋषभ फर्स्ट रनरअप र सुयशा सेकेन्ड रनरअप बने । 

विशाल भण्डारीले निर्देशन गरेको शो ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । 

‘कमेडी च्याम्पियन सिजन–१’को विजेता हिमेश पन्त हुन् भने सिजन–२ को विजेता भरतमणि पौडेल हुन् ।  

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro