site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा महामन्त्रीको समीक्षा– पार्टीको एजेन्डा प्रदेश संरचना खारेज हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले प्रदेश संरचना खारेज गर्नुपर्ने निष्कर्षसहितको पार्टीको समीक्षा प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका छन् ।

महामन्त्री ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार राति पार्टी सभापति रवि लामिछानेलाई बुझाएका हुन् ।

"जनताको माग प्रदेश संरचना होइन, जनताको माग प्रशासन सुधार रहेछ । आफ्नो घरनजिकै हुने सरकारी कार्यालयले आफूलाई सुविधा सहज ढंगबाट प्राप्त होस् भन्ने रहेछ । तर, पुराना राजनीतिक दलहरूले त्यसलाई बंग्याई, टंग्याई, तोडी, मोडी प्रदेश भन्ने निकालेका रहेछन्," उनले भने ।

तर, अब जनताले प्रदेश भनेको पुराना राजनीतिक दलहरूका कार्यकर्ता व्यवस्थापन गर्ने थलोमात्र भएको विषय जनताले बुझसकेको उनको भनाइ छ ।

अब रास्वपाले प्रशासन सुधारको एजेन्डा बोकेर जानुपर्ने उनको भनाइ छ । कुनै पनि हालतमा प्रदेश संरचना खारेज हुनुपर्ने उनको माग छ ।

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro