site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधवविरुद्ध झलनाथ : चुनाव भए घनश्यामलाई सघाउने !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन नजिकिएसँगै नेतृत्वको लागि गर्मागर्मी बढेको छ । नेताहरू तीव्र दौडधुपमा लागेका छन् ।

बुधबार पार्टीका सम्मानित नेता झलनाथ खनाल र पार्टी महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा भएको भेटवार्तामा महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध एक भएर जाने विषयमा छलफल भएको छ ।

राजनीतिक दौरानमा उतारचढाबकाबीच खनाल र नेपाल सँगै यात्रा गरिरहेका छन् । पहिलोपटक नेतृत्वका लागि खनालले आफू चुनाव नै लड्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । तर, आज भुसालसँगको भेटमा खनालले सर्वसम्मत हुने अवस्थामा मात्रै आफू अध्यक्ष बन्ने बताएका छन् ।

सहमतिमै भएमा खनालले नेतृत्व लिने गरी दुई नेताबीच छलफल भएको छ । तर, चुनाव नै हुने अवस्था आए खनालले भुसाललाई अघि सार्ने विषयमा छलफल भएको स्रोतको दाबी छ ।

Jhalanath-1719397836.jpg
 

“आउँदो महाधिवेशनमा एक भएर जाने भन्ने भएको छ । अहिले पार्टीमा नयाँ सिद्धान्त आएकाले सहमति हुने अवस्थामा त्यसको नेतृत्व झलनाथ कमरेडले गर्ने र चुनाव नै हुने अवस्था आएमा घनश्याम कमरेडलाई सहयोग गर्ने कुरा भएको छ,” स्रोतले भन्यो ।

एकीकृत समाजवादीको महाधिवेशन यही असार १६–२० मा काठमाडौंमा हुँदै छ । महाधिवेशनमा अहिलेका अध्यक्ष नेपाल पनि आफू सर्वसम्मत अध्यक्ष हुने दाबी गरिरहेका छन् । गएको आइतबार राति अध्यक्ष नेपालले खनाललाई सर्वसम्मतिमा नेतृत्व चुन्ने प्रस्ताव राखेका थिए ।

अध्यक्ष नेपालले भुसाललाई अघि सारेको हो कि होइन भनेर प्रश्न गरेको नेताहरू बताउँछन् । नेपालको प्रस्ताव अस्वीकार गरेका खनालले भुसाललाई सहयोग गरेमा एकीकृत समाजवादीको महाधिवेशन पेचिलो हुने देखिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro