site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई नै नटेरेको बजेट पारित भयो : सांसद खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । 

उनले प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधिसभाबाट पारित भएको टिप्पणी गरे । तीन करोडभन्दा तलको योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने प्रधानमन्त्रीको कुरा मन्त्रीहरूले नै नमानेका कारण प्रधानमन्त्रीको कुरा नसुनिएको बताए । आगामी दिनमा बजेट ल्याउने र पारित गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने उल्लेख गरे । 

“बजेट अर्थमन्त्रीले पेस गर्ने अनि १०/१५ दिन छलफल गर्ने । एकले अर्कोलाई आरोप लगाउने । तर, कमा, फुलस्टप केही चेन्ज नहुने प्रवृत्ति भयो भने यसले संसदीय व्यवस्था दह्रो हुँदैन । अब यसलाई परिवर्तन गर्नुपर्ने जरूरी देखिएको छ,” उनले भने, “प्रधानमन्त्रीले भनेकै कुरा लागु नहुने अवस्था सिर्जना भएको छ । तीन करोडभन्दा तलका योजना सबै प्रदेश र स्थानीय तहमा पठाऔँ भन्नुभयो । तर, मन्त्रीहरू अहिले पनि मानेका छैनन् । प्रधानमन्त्रीलाई नटेरेको बजेट पास हुँदै छ । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको आवाजलाई नसुनिकन बजेट पास भयो ।”

सांसद खतिवडाले आगामी दिनमा बजेट संशोधनसहित पारित गर्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro