site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारत भ्रमणअघि राजदूत फिर्ता गर्नु संयोग मात्रै : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणअघि ११ देशका लागि नेपाली राजदूत फिर्ता गर्नु एक संयोग मात्र भएको बताएका छन् । परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजदूतलाई फिर्ता बोलाउँदैमा तत्काल हट्ने भन्ने नहुने बताए ।

भारत लगायत ११ देशका लागि नेपाली राजदूत फिर्ता गर्नु एक संयोग मात्र भएको बताएका छन् । “राजदूत फिर्ता बोलाउनु संयोग मात्र थियो । राजदूतको बारेमा मन्त्रिपरिषद्‌बाट सिफारिस गर्दैमा त्यही दिन हट्ने भन्ने हुँदैन । एक महिना त हाम्रो कानुनको व्यवस्थाअनुसार नै उहाँहरू रहन पाउनुहुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

भारत भ्रमणमा जानुअघि त्यहाँका राजदूतलाई फिर्ता नबोलाएको भए हुन्थ्यो भन्ने तर्कलाई आफूले स्वीकारेको उनले जनाए । “राजदूतलाई फिर्ता बोलाउने सिफारिस नगरेको भए हुन्थ्यो भन्ने तर्क त छ, त्यो तर्कलाई मान्छु, तर त्यो नियोजित भने होइन । संयोग मात्र हो म प्रष्ट पार्न चाहन्छु,” प्रधानमन्त्रीले भने । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro