site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीन वर्षमा चार हजार श्रमिकले विदेशमा गुमाए ज्यान, १२ सय जना अंगभंग 

काठमाडौं । तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका तीन हजार ९९८ जनाले ज्यान गुमाएका छन् । 

प्रतिनिधिसभामा आइतबार बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले तीन वर्षको अवधिमा एक हजार २०७ जना अंगभंग भएको पनि जानकारी दिए ।

“वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये तीन हजार ९९८ को निधन तथा एक हजार २०७ जना अंगभंग भएका छन्,” उनले सदनमा भने । 

मन्त्री अर्यालका अनुसार सरकारले मृतकका आफन्त र अंगभंग भएकाहरूका लागि दुई अर्ब ९ करोड ४६ लाख २२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro