site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वनमन्त्री भन्छन्– तीनमहिने हो कि तीनवर्षे सरकार, चार खर्बको काठ बेचिन्छ

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले यो वर्ष सरकारले चार खर्ब रुपैयाँबराबरको काठ बेच्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार उनले काठ बेचेर सरकारले यो वर्ष चार खर्ब रुपैयाँ आम्दानी गर्ने बताएका हुन् ।

“हाम्रो सरकारले यसपालि चार खर्ब रुपैयाँको काठ बेच्छ र चार खर्ब हाम्रो सरकारको आम्दानी यो वन मन्त्रालयअन्तर्गत हुन्छ,” उनले भने, “नेपाली काठ नै प्रशस्त पाउनुहुन्छ । आम्दानी पनि हुन्छ । तर, तीनमहिने सरकार हो वा तीनवर्षे सरकार हो, त्यसमाथि पनि विचार गर्नुपर्छ ।”

नेपाली काठ नै प्रशस्त हुने र विदेशबाट आयात कम गरिने उनले उल्लेख गरे । तर, कानुन बनाउन केही समय लाग्ने उनले बताए ।

सडेको काठ वनबाट निकाल्ने योजना सरकारको रहेको उनले स्पष्ट पारे । सय वर्ष पुराना रुख हटाइँदा वनमा असर नगर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro