site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आठ देशका लागि राजदूत सिफारिस, भारतमा रेग्मी

काठमाडौं ।  सरकारले आठ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो ।

बैठकले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।

त्यस्तै, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना सिफारिस भएका छन् ।

बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro