site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको जवाफ : बजेट र योजना लैजान मन्त्री नै बन्नु पर्दैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट र योजना लैजान मन्त्री नै बन्नुनपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ठाकुर गैरेले सांसदले आफ्नो क्षेत्रमा बजेट लैजान मन्त्री नै बन्नुपर्ने हो भनि सोधेका थिए ।

“आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा आमजनताले चाहेबमोजिमको विकास योजना र बजेट लैजान मन्त्री नै बन्नुपर्ने हो र ? यदि त्यसो हो भने सांसदहरूलाई आफ्नो क्षेत्रमा योजना लैजान सक्ने गरी तपाईंको आफ्नै कार्यकालमा सबैलाई मन्त्री बनाउने योजना पो बनाउनुभएको हो कि ?,” गैरेले बैठकमा सोधे । 

जवाफमा प्रधानमन्त्रीले समानुपातिक रूपमा नै बजेट विनियोजन गरिएको दाबी गरे । “बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्ने होइन । सकेसम्म समानुपातिक ढंगले बजेट विनियोजन गरिएको छ । आगामी दिनमा यसमा परिमार्जन गर्न जोड दिइने छ । म माननीय सदस्यहरूसँग के कुरामा सहमत छु भने गत साल मैले जसरी बजेट तर्जुमा गर्न सबै माननीय सदस्यहरूको सामूहिक छलफलको अपेक्षा गरेको थिएँ,” प्रधानमन्त्रीले भने, “विभिन्न घटनाक्रम र उतारचढावले त्यसो गर्न चाहे जस्तो नसकिएको कुरा सत्य हो । तर, फेरि पनि त्यो रूपमा अघि बढाउन कोसिस गरिन्छ ।” 

प्रधानमन्त्रीले तीन करोडभन्दा कम रकम विनियोजन भएका अयोजनालाई प्रदेश तथा स्थानीय तहबाटै कार्यन्वयने गरिने समेत बताए । “तीन करोडभन्दा कम रकम विनियोजन भएका आयोजनाहरूलाई प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अगाडि बढाइने व्यहोरा जानकारी गराउँछु,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro