site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
उपन्यास ‘स्व’ सार्वजनिक

काठमाडौं । साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम खड्का र सगुना शाहले कृति सार्वजनिक गरेका हुन् ।

आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई यसमा चित्रण गर्ने कोसिस गरेको लेखक प्रतीक्षाले बताइन् । “यसमा समाज छ, दर्शन छ र चिन्तन पनि छ । शिल्पमा स्वैरकल्पनाको प्रयोग गरेकी छु,” उनले भनिन् ।

प्रतीक्षाको यो दोस्रो उपन्यास हो । सात वर्षअघि उनले ‘नथिया’ उपन्यास बजारमा ल्याएकी थिइन् ।

बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’को प्रतिमूल्य ५९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro