site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
काठमाडौंको नगरसभा स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आइतबार नगरसभा बैठक सुरु भएपछि बहिष्कार गरेका थिए । सोही कारण नगरसभा यही असार १० गतेसम्मका निम्ति स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई पाँच मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसपछि केही जनप्रतिनिधिले बैठक बहिष्कार गरे । लगत्तै मेयर बालेनले नगरसभा बैठक स्थगित गरे ।

बैठक स्थगित गरेपछि उनले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro