site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा अध्यक्ष लिङ्देनद्वारा चार विभागीय प्रमुख हेरफेर
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको चार विभागमा प्रमुख हेरफेर गरेका छन् । पार्टीको विधानबमोजिम चार विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्षमा आफैंले राख्ने गरी हेरफेर गरिएको छ । यसअघि सो विभागको प्रमुखमा भुवन पाठक थिए । उनी वाग्मती प्रदेशसभाका सभामुख भएपछि सो पद रिक्त भएको हो । 

यस्तै, संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहमहामन्त्री धनबहादुर बुढा र युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

rpp-1718361692.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro