site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदीप पौडेल र चिनियाँ राजदूतबीच चक्रपथ निर्माणबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बिहीबार चिनियाँ दूतावासमा यी दुईबीच भेट भएको हो ।

बुधबारमात्रै सांसद पौडेलले प्रतिनिधिसभामा चक्रपथको कलंकी–धोबीखोला खण्ड निर्माणमा नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन नभए नेपाल आफैँले यो खण्ड निर्माण समयमा नै गर्नुपर्ने संकल्प प्रस्ताव दर्ता गराएका थिए ।

पौडेलको सचिवालयका अनुसार राजदूत छनसँगको भेटमा यही विषयमा कुराकानी भएको थियो । 

"चीनले दोस्रो खण्डसँग जोडेर तेस्रो खण्ड पनि यथाशक्य छिटो नेपाल सरकारसँग सम्झौता भएअनुसार चक्रपथको दोस्रो र तेस्रो खण्ड विस्तार गरोस् । यसमा ढिलाइ हुँदा जनस्वास्थ्यदेखि दैनिक जीवनमा निकै अप्ठ्यारो भएको छ," पौडेलले राजदूतसँग भनेको उनको सचिवालयले जनाएको छ ।

चक्रपथ विस्तार परियोजनाको दोस्रो खण्ड विकासका लागि सन् २०१८ मा नेपाल र चीनबीच सम्झौता भए पनि यस क्षेत्रमा काम हुन सकेको छैन । 

"नेपाल पक्षले सम्झौताअनुसार सर्त पूरा गरेर हामीलाई जानकारी गराउनका साथ हामी यो काम अगाडि बढाउँछौँ," भेटमा चिनियाँ राजदूत छनले पौडेललाई भनेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro