site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच बुधबार अपराह्न सिंहदरबारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसद्मा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला दुई नेताबीच भेट भएको हो । 

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिए । अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए । ओलीले भने, "भेट राम्रो भयो ।"
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro