site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक : महेश बर्ताैला 
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले  राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । 

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले यसलाई स्वाभाविक रुपमा लिनुपर्ने जिकिर गरे । 

विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेकाले यसले कुटनीतिक क्षेत्रलाई कुनै असर नगर्ने उनको भनाइ छ । उनले राष्ट्रियहित प्रवर्द्धनका लागि सरकारले आफ्नो काम निरन्तर गर्ने धारणा राखे । 

सरकारको सहजताका रूपमा राजदूत परिवर्तनको विषयलाई लिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका बारेमा चाँडै सदनमा जानकारी गराउने पनि बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro