site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर कोइरालाको प्रश्न– अझै कतिपटक सरकार परिवर्तन ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका निम्ति लोकतान्त्रवादी शक्तिले सोच्ने बेला आएको बताएका छन् । डेढ वर्षमा प्रदेश र केन्द्र गरेर २३ पटक सरकार परिवर्तन भएको उनले उल्लेख गरे । उनले ‘अझै कतिपटक सरकार परिवर्तन हुने ?’ भन्दै प्रश्न गरे ।

कांग्रेस नेत्री शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा सुशासनको अभाव र भ्रष्टाचारले गाँजेको बताए । “राजनीतिक स्थायित्व, सरकारको स्थायित्व छैन । आर्थिक विकास हुन सक्ने अवस्था छैन । सुशासन छैन, भ्रष्टाचारले गाँजेको छ,” उनले भने ।

कांग्रेसको पुरानै साख फर्काउनुपर्ने भन्दै उनले थपे, “बीपी, शैलजालगायत नेता सम्झेर काम गरे कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सक्छौँ ।”

नेता कोइरालाले शैलजा आचार्य साहसी नेत्री भएको स्मरण गरे । “चित्त नबुझे उहाँ कसैको कुरा सुन्नु हुन्न थियो । सामाजिक रूपान्तरणमा उहाँको योगदान धेरै छ,” उनले भने, “जलविद्युत्मा उहाँको योगदान कहिल्यै नबिर्सने काम हो ।”

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro