site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्रीको गुनासो– मातहतका निकाय प्रमुखहरू भेट्न आएनन् 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले आफू मन्त्री बनेपछि मातहत निकायका प्रमुखहरू भेट्न नआएको भन्दै संसदीय समितिमा गुनासो गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको सोमबारको बैठकमा उनले मातहत निकायका गुनासा र समस्या सुन्न समेत आफैँले प्रमुखहरूलाई बोलाउनुपरेको बताए ।

“स्वास्थ्य बिमा कार्यक्रममा भनेजस्तो प्रगति भएको छैन, समस्या कति छ । तर, त्यहाँको ईडी (कार्यकारी निर्देशक) मलाई अहिलेसम्म एकचोटि भेट्न आएका छैनन्,” उनले भने ।

नेपाल औषधि लिमिटेडको उत्पादनको अवस्था धराशायी रहेको आफूले जानकारी पाएको उनले उल्लेख गरे । यसबारे समस्या राख्न त्यहाँका महाप्रबन्धक आफैँ नआएको र बोलाएरै छलफल गर्नुपरेको मन्त्री यादवले सुनाए ।

समिति सदस्यहरूले भने यस्ता विषयलाई समान्य रूपमा लिन र उनीहरू भेट्न नआए पनि आफैँले बोलाएर समस्यामाथि छलफल गर्न सुझाव दिए ।

मन्त्री बनेपछि यादवले वीर, कान्ति अस्पताल, औषधि व्यवस्था विभाग, औषधि प्रयोगशालालगायत निकायको अनुगमन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro