site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्र ओखलढुंगा जिल्लाको रुम्जाटारबाट छायांकन सुरु गरिएको हो । चलचित्रको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भी पौडेलले दिएका छन् । 

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाललगायत कलाकारको  अभिनय छ । 

चलचित्रमा लेखन तथा निर्देशन सरोज पौडेलको रहनेछ । सोसल–ड्रामा जनरामा बन्ने चलचित्र गन्धर्व परिवारको कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदी चलचित्रका लगानीकर्ता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन् ।
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro