site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गाँजा खेतीलाई वैधानिकता दिने विषयमा मन्त्री र विज्ञसँग छलफल हुँदै 

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज बस्न लागेको हो । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।  

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजै बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा औषधि प्रयोजनका लागि व्यवसायिक गाँजा खेती र उत्पादन, प्रशोधन तथा बिक्रीवितरणलगायत विषयलाई  वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा छलफल हुनेछ । 

छलफलका लागि समितिले गृह, अर्थ, कृषि तथा पशुपक्षी विकास, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री/सचिवलाई बोलाएको छ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं यस विषयसँग सम्बन्धित विज्ञलाई बोलाएको छ । 

पूर्वाधार विकास समितिको समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८० मा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

सार्वजनिक लेखा समितिको बैठक पनि आजै बस्दै छ । बिहान साढे ११ बजे बस्ने बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro